अर्जेन्टिना क्वाटर फाइनल पुग्दा मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं। कोपा अमेरिका फुटबल अन्तर्गत लियोनल मेसीले पाराग्वेविरुद्धको खेलमा गोल गर्न सकेनन् । एन्जेल डि मारियाको पासमा अलेस्यान्द्रो गोमेजले अर्जेन्टिनाबाट निर्णायक गोल गरे । तर, रेकर्ड भने कप्तान मेसीको नाममा रह्यो ।

उनले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बराबरी गरेका हुन् । अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा मेसीको यो १ सय ४७ औं अन्तर्राष्ट्रिय खेल हो । पूर्व कप्तान जाभियर मास्चिरानोले पनि यति नै खेल खेलेका छन् ।

यो कीर्तिमान पछि मेसीलाई मास्चिरानोले बधाई दिएका छन् । ‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार गरेका छन् । अहिले सक्रिय खेलाडीमध्ये मेसी र डि मारियासँग मात्र एक सयभन्दा धेरै खेलको अनुभव छ ।

अर्जेन्टिनाबाट मेसी र मास्चिरानोले १४७, जाभियर जेनेट्टीले १०४३, रोबर्टो आयलाले ११४, एन्जेलडी मारियाले १०७ र डिएगो सिमोनीले १०३ खेल खेलेका छन् ।

 
 
  
 

You may also like