अस्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा

काठमाडौं । अस्ट्रिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

उसका लागि बोम्गाटर्नले गोल गरे । समूह ‘सी’ मा रहेको अस्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हारेको थियो ।

तर हिजो युक्रेनलाई जित्दै ६ अङ्कका साथ अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो । युक्रेनको पनि उत्कृष्ट अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनु पर्छ ।

 
 
  
 

You may also like