थप ३,४५६ ले जिते कोरोना, ५१ जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २,४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,४४२ जनामा कोराना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६,६७७ जनाको पिसिआर र ४,२४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत एक हजार ४२१ जना र एन्टीजेटमार्फत एक हजार २१ जना संक्रमित पुष्टि भएका हुन् । देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ ।

 
 
  
 

You may also like