युरोकपमा आज दुई खेल मात्र : पहिलो खेलमा इटाली र वेल्स भिड्दै

काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु मात्र हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् ।

आज समूह ‘ए’ को दुई खेल हुनेछ । आज हुने खेलमा इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । सोही समयमा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

रोममा हुने खेलमा जित निकाल्दै इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ । इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको छ । आजको खेलमा जित निकाल्दै इटाली समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्ने योजनामा छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे शुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ ।

स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा छ । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

 
 
  
 

You may also like