राष्ट्रिय संगीतकर्मी संघद्धारा निसा घिमिरेलाई सहयोग

काठमाण्डौ ।राष्ट्रिय संगीतकर्मी संघले राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति ललितपुरका निवर्तमान सह सचिव तथा नायिका निसा घिमिरेलाई आर्थिक सहयोग गरेको छ

कला क्षेत्रकी अब्वल प्रतिभा निसा करिव तिन बर्ष अघि मोडलिङमा डिब्लोमा गर्न भारत गएको बेला सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी छन् । अहिले उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

अभिनेत्री निसा घिमिरेको उपचारका लागी आर्थिक समस्या परेपछी बिभिन्न संघ संस्थाले सहयोग गर्दे आइरहेका छन् । यसै सन्दर्भमा राष्ट्रिय संगीतकर्मी संघले हिजो निसाको बुबालाई भेटी आर्थिक सहयोग गरेको राष्ट्रिय संगीतकर्मी संघमा अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताए । निसालाई ट्रमा सेन्टरमा हुँदा पनी संस्थाको तर्फबाट छयासी हजार सहयोग गरेको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले निसाको स्वास्थ्य लाभको कामना गर्दे निजको उपचारका लागी संस्थाले कुनै कसरत बाकी नराख्ने जानकारी गराउदै सकेको सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्की, महासचिव बिक्रम जंग शाह र प्रवक्ता होम सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like