थप ३,६६० ले जिते कोरोना, २,४०१ नयाँ थपिए, ३४ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६६० कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा २,४०१ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिएको छ । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १,६८८ र ४,६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८,६७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 
 
  
 

You may also like