पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु

पाल्पा। पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नै घरमा गीत बजाउन वुफरको तार जोड्ने क्रममा नाङ्गो हातले अचानक तारमा छोएपछि विकलाई करेन्ट लागेको थियो ।

करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

 
 
  
 

You may also like