थप ४,०२० ले जिते कोरोना, २,७६८ नयाँ थपिए, ४४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार २० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६ सय ४१ पुगेको छ । अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार नौ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार आठ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 
 
  
 

You may also like