सर्पले डसेर बालिकाको गयो ज्यान

दाङ। सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएको हो ।

सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए । शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बोहोरालाई गोमन सर्पले डसेको थियो ।

 
 
  
 

You may also like