सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डकाे सडक एकतर्फी सुचारु

बुटवल। बिगत ३ दिन देखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड एकतर्फी सुचारु भएको छ । साना साना पहिरो गएको स्थानहरु बिहानै सडक सुरुचारु बनाईएपनि गौडापुल नजिकै बाटो सहित भास्सिएको अन्दाजी ५० मिटर सडक खुल्न नसक्दा ३ दिन देखि सडक अवरुद्ध रहेको थियो ।

३ दिन बाट अवरुद्ध रहेको राजमार्ग केहिबेर अगाडि संचालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारोयण पाण्डेले जानकारी दिए । पुर्वपश्चिम राजमार्गको चरङ्गे नजिकैको डाईभर्सन भने अझै बन्न नसकेको उनले बताए । पूर्वपश्चिम राजमार्गको बुटवल सुनवल खण्डपनि ३ दिन देखि अवरद्ध रहेको छ ।

 
 
  
 

You may also like