अशोक राईको चेतावनी : संविधान संशोधन नभए सरकार छाड्छौ

by समतल अनलाइन

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले आफ्नो पार्टीले पूर्व माओवादीले उठाएका अपूरा एजेण्डाहरु पूरा गर्न संविधान संशोधनको माग गरिँरहदा पनि सरकार मौन बसेको बताउदै संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिए ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति , पहिचान सहितको संघियता लगायतका विषयहरु संविधानमा संशोधन गरेर पुरा गरिनु पर्छ भनेर प्रधानमन्त्री ओलीज्यु संग लिखित सहमति गरेर सरकारमा गएको बताए
नेता राईले वर्तमान सरकार परिपक्क नदेखिएको आरोप लगाएका छन् । उनले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेक स्वीकार्य नभएको बताउदै सरकारले राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप समेत लगाए ।

नेकपाले सिजिन्पिङ्को बिचारलाइ मान्न सक्छ तर मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहि हस्ताक्षरमा अग्रसर देखिनु मुलुकको लागी राम्रो हैन ।
राईले जनताको चाहाना अनुकूल सरकार संन्चालन हुन नसकेको आरोप समेत लगाएका छन्

। गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही माथि चितवनमा आक्रमण भएकोप्रति नेता राईले विरोध गरेका छन् । उनले भने हामी माथी पनि रानकालिन,पन्चायत र शाही शासनले पनि यसरिनै मण्डले प्रयोग गर्दथ्यो। आज मलाई तेस्तै झझल्को आइरहेको छ ।

भ्रष्टाचार, घुसखोरी यो सरकारका पालामा बढेको आरोप लगाउँदै उनले त्यो नरोकिँदा जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी समेत दिए ।

उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको स्पष्ट पारे ।

पुर्व स्वास्थ्य मन्त्री समेत रहेका राईले मन्त्री बिदेश भ्रमणमा जानू आवश्यक रहेकोले यसको आलोचना नगर्न आग्रह गरे । स्वास्थ्य मन्त्री उपेन्द्र यादव पटकपटक बिदेश भ्रमण गएको कुरामा आलोचना हुन थालेपछि यसको बिरोध नगर्न आग्रह गरेका छन् । कार्यक्रम क्लबको प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता सम्पन्न भयको छ ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like