रुपन्देहीको कन्चनमा पोखरीमा युवकको शव फेला

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् । स्थानीयका अनुसार उनी सोमबार साँझ ५ बजेको समयमा मदिरा सेवन गरि सो पोखरीमा पौडी खेल्न गएका थिए । डिएसपी थापाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मदिरा सेवन गरे नगरेको खुल्ने उनले बताए ।

 
 
  
 

You may also like