भारतमा ७५ दिनयताकै कम संक्रमण : ६० हजार संक्रमित बन्दा २७ सयको मृत्यु

नयाँदिल्ली । भारतमा लगातार कोरोनाको प्रभाव कम भइरहेको देखिएको छ । सो क्रममा त्यहाँ ७५ दिनयताकै सबैभन्दा कम संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ६० हजार ४७१ संक्रमित बन्दा २ हजार ७२६ को मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट संक्रमित हुनेको यो संख्या ३१ मार्च यताकै कम हो । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ९५ लाख पुगेको छ ।

यस्तै भाइरसबाट भारतमा हालसम्म ३ लाख ७७ हजारको मृत्यु भइसकेको छ । भारतमा हालसम्म २५ करोड जनताले खोप लगाइसकेका छन् । एजेन्सी

 

 
 
  
 

You may also like