अब साउदी अरबका महिला एक्लै पनि हज यात्रा जान पाउने

काठमाडौं । साउदी अरबले पुरुष अभिभावक विना पनि महिलालाई हज यात्राका लागि अनुमति दिने निर्णय गरेको छ । अब हज जान इच्छुक महिलाले आफ्नो नाम छुट्टै दर्ता गराउन सक्ने साउदी अरबले जनाएको हो । तर, यसका लागि महिलाको उमेर भने १८ देखि ६५ वर्षसम्मको हुनु पर्नेछ ।

हजमा जान कोरोना विरुद्धको खोप लगाएको हुनु पर्ने, कम्तीमा पछिल्लो १४ दिनअघि खोपको दोस्रो डोज लगाएको हुनु पर्ने र कोरोना सङ्क्रमण मुक्त भएको हुनुपर्नेछ । हजका लागि आउँदो २५ गतेसम्म नाम दर्ता गराउन सकिने छ । आउँदो जुलाईमा हुने हजका लागि यसपालि ६० हजार जनालाई अनुमति दिइएको छ भने हजमा साउदी अरबका नागरिक मात्र जान पाउने छन् । एजेन्सी

 

 
 
  
 

You may also like