हेमन्त शर्माको “ए मेरो असफल मायालु” बोलको गित सार्वजनिक (भिडियो सहित)

बुटवल ।गायक हेमन्त शर्माले ए मेरो असफल मायालु बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द र संगीत गायक स्वयंको रहेकोे छ भने उनलाई महिलाको आवजमा गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीति भिडियोमा अभिनय पनि शर्मा र चौहानकै रहेको छ ।

गीतमा म्युजिक एरेन्जिङ कृष्ण विकले गरेका हुने भने अडियो मिक्सरको भूमिका श्यामश्वेत रसाइलीले निभाएका छन् । भिडियोको निर्देशन भने निपेश खड्काले गरेका हुन् ।

भिडियो :

 
 
  
 

You may also like