कृष्ण थापाको सांसद पद खारेज (आदेशसहित

काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेशसँगै थापाको पद गएको छ ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेशविरुद्ध परेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको हो । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट) मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गरेर ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चासहित राजमोको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारी लगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।

 
 
  
 

You may also like