थप ३,९९४ ले जिते कोरोना, २,४०७ नयाँ थपिए, ४६ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,९९४ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस अवधिमा थप २,४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४०६ नमूनामध्ये २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकामा भने ६५३ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४८३, भक्तपुर ५८ र ललितपुरमा ११२ जना संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये ४४ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like