52
बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट आइतबार पारित भएको छ ।नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । योसँगै वार्षिक बजेट पारित गराउन मुख्यमन्त्री शंकर पोखरेललाई सहज भएको छ ।
‘४२ जना सांसदको सरकारलाई समर्थन कायम रहेको छ,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भने, ‘नीति तथा कार्यक्रम पारित भयो । अब बजेट पनि पारित हुन्छ ।’
विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलले यसअघि बहुमत पु¥याउँदाको प्रक्रियामाथि नै प्रश्न उठाउँदै उनी अल्पमतमा रहेको दावी गर्दै आएका थिए ।