गोर्खा ब्याइज र बुटवल सेरोफेरो हङकङद्धारा राहत बितरण

बुटवल । कोरोना भाइरसका कारण प्रभाबीत बनेका बिपन्न परीवारहरुलाइ बुटवलको पुरानो तथा चर्चित फुटबल क्लब गोर्खा ब्याइज स्पोर्टस क्लब र बुटवल सेरोफेरो हङकङको सयुक्त आयोजनामा राहत बितरण गरिएको छ ।
शनिबार बुटवल वडा नम्बर ७ दिपनगरको चमचम चोकमा वडाका बिभिन्न एक सय पाच परिवारहरुलाइ राहत बितरण गरिएको क्लबका निबर्तमान अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए ।
यशोदा फुड्स प्राली र हनी फुड्स प्राली सहयोगी संस्थाको रुपमा रहेको राहत बितरण कार्यक्रममा टोल समितीको सिफारीसको आधारमा प्रत्येक परिवारलाइ १५ केजी चामल बितरण गरिएको क्लबका अध्यक्ष बुद्धि गुरुङले बताए । चामलका अलाबा चिउरा,नुन,तेल,साबुन लगायत कम्तिमा एक परीवारलाइ बिस दिन पुग्ने गरी बिभिन्न खाधान्न बितरण गरिएको थियो ।
खेलकुद सगै सामाजीक काममा अग्रसर हुदै दुखको समयमा पिडा र अभाबमा रहेका परिवारलाइ थौरै भएपनी क्लबले राहत होस भन्दै खाधान्न बितरण गरेको नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य समेत रहेका केसीले जानकारी दिए । क्लबले अपुग रहेका अन्य परिवारलाइपनी अर्को चरण राहत बितरण गर्ने र बुटवल सेरोफेरो हङकङ परीवार सहित सहयोगी संस्थाहरुलाइ धन्यबाद ज्ञापन गरेको छ ।

 
 
  
 

You may also like