भीम रावलको प्रश्न : देश र जनताको रक्षा गर्ने दायित्वबाट ओली च्युत भइसकेका हुन् ?

काठमाडौं। एमाले नेता भीम रावलले दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाली भूमिमा भारतले गरेको ज्यादतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वेवास्ता गरेको भन्दै आलोचना गरेका छन् ।

भारतले दार्चुलाको ब्यास– २ मा पर्ने महाकाली नदीवारि नेपाल तर्फको घोडेटो बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिर्वन हुने गरी सीमा क्षेत्रमा बिस्फोट गरिरहेको छ । धारचुला–लिपुलेक सडक निर्माणका क्रममा भारतीय पक्षले बम विस्फोट गराउँदा खसेको चट्टानले महाकानी नदी थुनिनुका साथै नेपाल तर्फको घोडेटो बाटो समेत पुरिएको छ ।

नेपाल तर्फको छोटो बाटो पुरिएपछि दुम्लिङबाट छाङरु हुँदै टिङ्कर जान सशस्त्र र नेपाल प्रहरीले वैकल्पिक गोघेटो निर्माण गरेर काम चलाएका छन् । भारतको यो ज्यादतीप्रति प्रम ओली र उनी नेतृत्वको सरकारले कुनै चासो नदिएको भन्दै रावलले आलोचना गरेका हुन् ।

आज (शनिबार) बिहान सामाजिक सञ्चालमा नेता रावलले लेखेका छन्, ‘भारतले दार्चुला जिल्लामा नेपालको भू–भाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ । यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा.मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ । प्रम केपी र सरकार किन चुप ? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्रम र सरकार च्युत भइसकेका हुन् ?’

 

 
 
  
 

You may also like