दीपक मनाङेले दिए मन्त्रीबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाएपछि मनाङेले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको विपक्षमा उभिएका मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित थिए ।

उनले बिहीबारदेखि लागू हुनेगरी मन्त्रीबाट राजीनामा दिएको बताएका हुन् । संसदलाई जीवित राख्नु जनप्रतिनिधिको जनताप्रतिको उत्तरदायित्व र नैतिकता भएको उनले बताएका छन् । यस्तो अवस्थामा मन्त्री भइरनु भन्दा प्रदेश सभालाई बचाउनु पर्ने भएकाले पदबाट राजीनामा दिएको उनको भनाई छ ।

मुख्यमन्त्रीले संसदमा विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्री पदमा बसिरहन नैतिक सम्मत नहुने उनको राजीनामा पत्रमा उल्लेख छ । मुख्यमन्त्री गुरुङले मनाङेलाई पदमुक्त गर्दै खेलकुद मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको बताएका छन् ।

 
 
  
 

You may also like