गण्डकी प्रदेशको सरकार ढल्यो , मुख्यमन्त्रि गुरुङ पदमुक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल हुनु भएकाे छ । प्रदेश सभाबाट विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री गुरुङले राख्नुभएकाे प्रस्ताव आज बहुमतले अस्विकृत गरेकाे छ ।

उहाँकाे पक्षमा २७ र विपक्षमा ३० मत परेकाे छ । २ जना अनुपस्थित र १ जनाले मत नदिएकाे बताइएकाे छ । गण्डकी प्रदेशमा ६० सांसद छन् । बहुमतका लागि ३१ सांसदकाे मत चाहिन्छ । प्रदेशमा एमालेका २७ , कांग्रेसका १५, माओवादीका सभामुख सहित १२ , जनमोर्चाका ३ , जसपाका २ र १ स्वतन्त्र सांसद राजिव गुरुङ रहेका छन् ।

स्वतन्त्र सांसद गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री भएपनि उहाँ प्रदेश सभामा आज अनुपस्थित रहनु भएकाे हाे । उहाँले हिजाे राति नै मुख्यमन्त्रीकाे पक्षमा नरहेकाे स्पष्ट पार्नुभएकाे थियाे । विपक्षी गठबन्धनमा रहेकाे जनमाेर्चाका सांसद कृष्ण थापाले भने मुख्यमन्त्रीकाे पक्षमा मत दिनुभएकाे हाे ।

प्रदेश सभाबाट विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री गुरुङले जेठ २५ गते प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएकाे थियाे।

प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियाे ।

 
 
  
 

You may also like