रुपन्देहीको सैनामैनामा डेंगुका कारण मृत्युु हुनेको सङ्ख्या २ पुग्यो

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना। देशभर व्यापक महामारीको रुपमा फैलिएको डेङ्गु रोगका कारण सैनामैनामा पनि ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । सैनामैना नगरपालिका वडा नं ६ झालामा बस्दै आएकी सिमा घिमिरेको उपचारका क्रममा गौतम बुद्ध मुटु अस्पतालमा शनिबार राति करिब १० बजेतिर निधन भएको हो । यस अघि पनि सैनामैनाको मुर्गिया बस्ने ५३ बर्षिय महिलाको डेङ्गुका कारण मृत्युु भएको थियो ।

 
 
  
 

You may also like