ओलीको ६ बुँदे प्रस्तावको नेपाल–खनाल पक्षले लिखित जवाफ दिने

काठमाडौं। नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।

ओलीले आइतबार राति पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेक थिए । उक्त प्रस्तावको आज १५ जना स्थायी कमिटी सदस्यको तर्फबाट लिखित जवाफ आउने बेदुराम भुसालले जानकारी दिएका छन् ।

‘एकताका लागि के–के हुनुपर्छ भन्ने विषयसहित केही समया लिखित जवाफ आउँछ’, भुसालले भने । सोमबार नेपाल पक्षका नेताहरुको छलफलले ओलीको प्रस्तावमा एकताको भावना नपुगेको निष्कर्ष समेत निकालेको छ ।

ओलीको प्रस्तावमा छलछाम देखिएको र सम्पूर्णलाई एकतामा लैजान नखोजेको देखिएको नेपाल पक्षको ठहर छ । नेपाल पक्षका अधिकांश नेताले ओलीको यो प्रस्ताव सर्वोच्चमा दायर मुद्दा फिर्ता गराउने चालबाजी मात्र भएको बताइरहेका छन् ।

 

 
 
  
 

You may also like