भारतमा २४ घण्टामा एक लाख १४ हजार ४६० मा संक्रमण

नयाँदिल्ली । भारतमा (आइतबार) हिजो एक लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकै दिन संक्रमण भएको सबैभन्दा कम हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

भारतमा हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४६ हजार ७५९ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको छ । एजेन्सी

 

 
 
  
 

You may also like