कम्युनिष्टको दुई तिहाई असफल भैसक्यो –कांग्रेस

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिलगायतका नेताले कम्युनिष्टको दुई तिहाई असफल भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित दशैं तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरेको एक चियापान कार्यक्रममा उनीहरुले कम्युनिष्ट सरकारको दुई तिहाई असफल भएको भन्दै अब बलियो बनेर कांग्रेस ठडिने बताएका हुन् ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बर्तमान सरकार ईतिहाँसकै असफल भईसकेको बताउँदै अब फेरी काँग्रेसको पालो आएको जिकिर गरे । देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सावित भएको छ, धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए । प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैहृय नहुने उनले चेतावनी दिए ।

भ्रष्टाचार, महँगी, कर लगायत जताततै जनता आक्रान्त बनिरहेको भन्दै सरकारका बिरुद्ध संघर्षमा उत्रनका लागि पूर्वप्रधानमन्त्री देउवाले सबैलाई तयार रहन आग्रह गरे । उनले पार्टी भित्रको अन्र्तघात अन्त्य गर्दै काँग्रेस फेरी बलियो बन्ने बिश्वास दिलाए ।

 
 
  
 

You may also like