ओलीमा राष्ट्रपतिको आडमा संविधान–कानून मिचेर जे गर्न सक्छु भन्ने घमण्ड देखियो : डा. महत

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको आठमा म जे पनि गर्न सक्छु भन्ने ठानेर अघि बढिरहेको बताएका छन् ।

पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुनर्गठन गरेर संविधान, कानुन मिचेर म जे पनि गर्न सक्छु भन्ने घमण्ड देखिएको नेता महतले बताए ।

कोरोना संक्रमणको जोखिममा विपक्षी गठबन्धन सडकमा नआउने र विरोध हुने प्रतिनिधि सभा पनि विघटन गरेर राष्ट्रपतिको आडमा जे पनि गर्न सकिन्छ भनेर प्रधानमन्त्रीले काम गरिरहेको उनले बताए । उनले प्रधानमन्त्रीको असंवैधानिक कामलाई सर्वोच्चले खारेज गरेर विधि स्थापित गर्ने आफूहरुको विश्वास रहेको पनि बताए ।

डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको पनि बताएका छन् ।
शनिबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सहमहामन्त्री महतले सरकारमा मधेसी नेता जानु प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनु पर्छ भन्ने आशक्तिले काम गरेको बताए । मधेशका खास मुद्दालाई थाति राखेर सरकारमा जाने मधेसी नेताको चरित्र अवसरवादी भएको आरोप पनि लगाए ।

 
 
  
 

You may also like