‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडियो ?’

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता डा.बाबुराम भट्टराईले आफ्नै सहयात्रीहरु ओली सरकारमा सहभागी भएकोप्रति व्यंग्यसहितको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाबाट उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषदम हेरफेर गरेका थिए । पूर्व प्रधानमन्त्री समते रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको अहिले घाँटी जोडिएको भन्दै व्यंग्य गरेका हुन् ।

‘यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’

 
 
  
 

You may also like