चाइनिज ताइपेलाई २-० ले पछि पार्दै नेपाल विजयी

काठमाडौ । नेपालले चाइनिज ताइपेइविरुद्ध शानदार जित हासिल गरेको छ ।

विहिबार राति कुवेतको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए । अन्जनले खेलको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने नवयुग श्रेष्ठले खेलको ८०औ मिनेटमा गोल गरेका थिए ।

योसँगै नेपालले चाइनिज ताइपेइविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । यस अघि विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कै खेलमा २०१९ को सेप्टेम्बरमा भएको खेलमा पनि २-० गोल अन्तरले नै पराजित गरेको थियो ।

यो जितपछि नेपालको अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ । समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।

समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनौको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ ।

अब नेपालले विश्वकप छनोट अन्तर्गत जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध कुवेतमै खेल्नेछ ।

 
 
  
 

You may also like