आफैँभित्र खोज्नुहोस् खुसी

कुनै पनि मानिस सफल हुन, उचाईमा पुग्न उ ऊर्जाशील हुन आवश्यक छ ।
तर उर्जाशिल हुन के गर्ने रु कुनै पनि व्यक्ति उर्जाशिल हुनुको एउटै उपाय हो, खुसी हुनु ।

खुसी मानिस ऊर्जाशील हुन्छ र सफल हुन सक्छ । तर खुसी हुन चाहिँ के गर्ने त रु जीवनलाई खुसी राख्न यि उपाय सहायक हुन सक्छ ।

१. पर्याप्त निन्द्रा
खुसी हुन मानिसलाई पर्याप्त निन्द्रा आवश्यक पर्दछ । मस्त सुत्दा शरीरलाई आराम हुनुका साथै शरीर फुर्तिलो हुन्छ । तर निन्द्रा पुरा नभएमा मानिस रिसाउने र झर्किने गर्दछ ।

२. मुस्कान
मानिस खुसी हुन अनुहारमा मुस्कान आवश्यक पर्दछ । मुस्कानले मानिसलाई ऊर्जाशील बनाउँछ । साथै बौद्धिक काम गर्ने क्षमता बढाउँछ । यस अलावा मुस्कानले केही मात्रामा पीडा पनि कम गर्दछ ।

३. सकारात्मक चिन्तन
मानिस खुसी हुन सकारात्मक चिन्तन पनि आवश्यक हुन्छ । हमेशा नकारात्मक सोचि रहने मानिस खुसी हुन सक्दैन । तर सकारात्मक चिन्तन भए मानि अघि बढ्न सक्छ ।

४. व्यायाम
तनाव कम गर्ने सबैभन्दा उत्तम उपाय हो, व्यायाम । यसले मानिसलाई आनन्दित बनाउँछ साथै स्मरण शक्ति पनि बढाउँछ । व्यायामले मानिसलाई खुसी पनि बनाउँछ ।

५. आपसमा रमाउने
खुसी हुने अर्को उपाय भनेको घरपरिवार र साथीभाइसँग सकेसम्म बढि समय बिताउनु हो । समग्रमा मानिस व्यक्तिहरुबीचमा रमाउन सक्यो भने उ सबैभन्दा खुसी हुने गर्दछ ।

६. यात्रामा जाने
स्वच्छ हावामा घुम्न यात्रामा निस्किदा शरीरमा स्फुर्ती बढ्नुका साथै सकरात्मक ऊर्जा प्राप्त हुन्छ । यात्राले पनि खुसी प्राप्ति हुने गर्दछ ।

७. सहयोग
कहिले काहिँ अरुलाई सहयोग वा दान गर्दा पनि खुसी प्राप्त हुन्छ । सहयोग गर्ने बानीले मानिसमा करुणा र प्रेमको भाव झन् बलियो हुन्छ । जसले मानिसलाई खुसी बनाउँछ ।

८.ध्यान योग
ध्यान वा योगले मानिसलाई एकाग्र बनाउँनुका साथै तनाव कम गर्दछ । साथै शान्त बनाउँछ । यस्तोमा जब दिमाग स्वच्छ हुन्छ र तनाव घटाउँछ मानिस खुसी हुन्छ ।

 
 
  
 

You may also like