बजेटमार्फत नै तराईलाई मरुभूमिकरण गर्न खोजिंदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले बजेटमा कार्यक्रम नै राखेर चुरे क्षेत्रलाई मरुभूमिकरण गर्न लागिपरेको आरोप लगाएका छन् ।

चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय बजेटमा समेटिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको योजनाप्रति आपत्ति जनाएका छन् । अध्यादेशमार्तफ ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरे क्षेत्रमा बसोबास गराउने, बन क्षेत्रमा होटल, होटल, रिसोर्ट खोल्नेलगायत ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बताइएको थियो ।

सरकारले तराईलाई मरुभूमिकरण गर्न खोजेको उनले बताएका छन् । उनले उक्त कार्य तुरुन्त खारेज गर्न समेत भनेका छन् ।
प्रचण्डलाई उदृत गर्दै उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनबिरोधी निर्णय तुरुन्त खारेज गरियोस् ।’

 

 
 
  
 

You may also like