रक्सी चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

सिरहा। मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका–२३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

सो क्रममा पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा उनीहरुले भोड्का रक्सी लिई गएको भिडियो विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सार्वजनिक भएका थिए । त्यसप्रति ध्यानाकर्षण भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 
 
  
 

You may also like