एमाले स्थायी कमिटी बैठक फेरि सर्‍यो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो पटक सरेको छ । आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजे सारिएको थियो ।

पुनः मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । ‘बैठक मंगलबार बिहान ११ बजेलाई तय भएको छ, समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ’, उनले भने ।

आज लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको नेताहरूले जनाएका छन् । आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

 
 
  
 

You may also like