राजनिति अभिष्ट पुरागर्नका लागी मतदाता रिझाउने खालको कामचलाउ सरकारको बजेट :अर्थ बिद

दाङ । आफ्नो राजनिति अभिष्ट पुरा गनकालार्गी र्बतमान काम चलाउ वली सरकारले मतदातालाई रिझाउने गरि गलत ढगले अध्यादेश मार्फत पुर्ण आकारको बजेट ल्याएको अर्थ बिदहरुले टिप्पणी गरेका छन् । र्बतमान सरकारले ल्याएको बजेट सबिधानको भाबना र मर्मबिपरित भएको बक्ताहरुले औल्याएका छन् ।
स्कुल अफ डेमेक्रेसी नेपाललले खस्कदो अर्थतन्त्रमा कहाँ चुक्यो सरकार शिर्षकमा प्रस्तुत बार्षिक बजेटको समिक्षातमक कार्यक्रममा बोल्दै पुर्ब अर्थमन्त्रि रामशरण महतले कामचलाउ सरकारले काम चलाउ बजेट मात्र ल्याउने हो । तर यो बजेट सबै क्षेत्र र बर्गका मानिसलाई खुशि पार्ने गरि ल्याईको छ । यो बजेट आफुले राजनिति फाईदालिने उदेश्यका साथ ल्याईएकोले बजेट आए जसरी कार्यान्वयन हुन सक्दैन महतले भन्न्ुा भयो । मतदातालाई रिझाउन र कार्यकर्तालाई पाल्ने गरि बजेट बिनियोजन गर्दा नै सरकार चुकेकोमहतको भनाई छ । राष्ट्रीय योजना आयोगका पुर्ब उपाध्यक्ष डाक्टर गोबिन्द आचार्यले कार्यबिधि बिना नै बर्तमान सरकारले सबै कुरालाई छोएर कार्यकर्ता पाल्न सक्ने खालको उडन्ते बजेट ल्याएको टिप्पणी गर्नुभयो ।

उहाले स्थानिय तहले गर्ने काम राष्ट्रिय बजेटमा समाबेश गरिएको धेरै योजनाहरु पटक पटक दोहरीएको तथा पुर्ब तयारि नै नभएका योजनाहरुमा बजेट बिनियोजन गरिएकोहुदा प्रस्तुत बजेट कार्यान्वयन हुन सक्ने अबस्था नरहेको बताउनुभयो । त्यसैगरि राष्ट्रिय योजना आयोगका अर्का पुर्ब उपाध्यक्ष डाक्टर जगदिश चन्द्र पोख्रेलले र्बतमान सरकारको बजेट पार्टिको राजनितिक घोषणापत्रको रुपमा आएको टिप्पणी गर्नुभयो । उहाले बजेटले सबै क्षेत्रलाई समेटेको भएपनि फितलो कार्यक्रमका साथ हचुवाको भरमा ल्याईएको बजेट अर्थतन्त्रको आधारभुत सिदान्त बिपरित रहेकोले प्रसतुत बजेटले अर्थतन्त्रमा ठुलो चुनौति निम्त्याउने चेतावनी दिनुभयो । कार्यक्रमका अन्य बक्ताहरुले प्रस्तुत बजेट जनमुखि भन्दा निर्बाचन लक्षीत बजेट भएको टिप्पणी गर्नुभएको थियो ।

सो अबसरमा राष्ट्रिय योजना आयोगका अर्का उपाध्यक्ष डाक्टर शकर शर्मा, राष्ट्रबैकका पुर्ब गर्भनर डाक्टर चिरन्जिबि नेपालनेपाल उधोग बाणिज्य महासघका बरिष्ठ उपाध्यक्ष भन्द्र ढकाल, अर्थ बिद डाक्टर बिश्व पौडेल, त्रिभुबन बिश्वबिधालयका डिन डाक्टर कुसुम शाक्य, लगाएतले आ आफ्नो बिचार राख्नु भएको थियो । सो अबसरमा स्कुल अफ डेमोक्रेसी नेपालका अध्यक्ष नैनसीह महरले देश र जनतालाई जमानीमा र धरौटिमा राख्दै प्रत्यक नागरिकको टाउकोमा रिणको भारी बोकाएर ल्याईएको बजेटबाट सरकारले फेरिपनि आफ्ना नेता कार्यकर्ता पोस्ने काम गरि निर्बाचनको फाईदा लिन सक्ने गरि गलत मनाशका साथ बजेट आएको बताउनुभएको थियो

। सरकारले हिजो शनिबार अध्यादेशबाट आर्थिक बर्ष २०७८ ।७९का लागी १६ र्खब ४७ अर्ब ५७ करोडको बार्षिक बजेट सार्बजनिक गरे पछि बजेको समिक्षात्मक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सहजिकरण स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिह महर, तथा पदम भट्राईले गर्नुभएको थियो । , जुम मार्फत सचालित कार्यक्रममा देशभरका बिभिन्न क्षेत्रमा सलग्न करिब ५सयको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like