बजेटको प्रभाव सुनचाँदीको बजारमा कति ? हेर्नुहोस् आजको मूल्य

काठमाडौं । आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । गत साता प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ८ सय रहेको थियो । भने आज तोलामा २ सयले वृद्धि भइ प्रतितोला सुन ९४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार शुक्रवारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । बिहीवार १३ सय ५० रहेको चाँदी आज १३ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

शनिवार बजेट भाषण भएपनि सुनचाँदीको मूल्यमा भने ठूलो फेरबदल आएको छैन ।

 
 
  
 

You may also like