प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ । २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो ।

थप एक सयलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न १ अर्ब बजेट प्रस्तुत गरेका छन् ।

३ महिनासम्म प्रशिक्षार्थी कामदारलाई अनुदान दिइने र २ वर्षसम्म कम्पनीले रोजगारी दिनुपर्ने बताइएको छ । स्नातक तह पास गरेकाले २५ लाखसम्म ५ प्रतिशत अनुदानमा सहुलियत ऋण पाउने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि १४ अर्ब बजेट विनियोजन गरिएको छ । श्रम अडिट गर्ने, श्रम कानुन पालना गर्न अर्थमन्त्री पौडेलले बताएका छन् । सामाजिक दुर्घटना बिमा निःशुल्क गर्ने बताइएको छ ।

 
 
  
 

You may also like