विपी विचारको नगर समिति विस्तार

by समतल अनलाइन

बुटवल । विपी विचार राष्ट्रिय समाजको बुटवल उपमहानगर समिति विस्तार भएको छ । यस अघि नै चयन हुनु भएका नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले विधानमा भएको प्रावधान अनुशार नगर समितिलाई पुर्णता दिनु भएको हो । समाजको विस्तारित नगर समितिको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा जय प्रकाश भट्टराई,कोषाध्यक्षमा ज्ञान प्रसाद खनाल र सह सचिवमा विष्णु भण्डारी चयन भएका छन् ।
त्यसैगरि समाजका नगर सदस्यहरुमा माधव प्रसाद प्रधान, चखां पुन तिर्थ पंगेनी,माया भण्डारी, पुनम पौडेल, धुव्र भट्टराई, टेक नारायण टण्डन राधा पोखेल रहेका छन् । त्यसैगरि सदस्यहरुमा खिमा खनाल, निर्मल आचार्य, रविन जी.सी., प्रेम बहादुर सुनार, कोपीला आचार्य, सीता कुवर, नारायण तिवारी र समसुद्धिन मियाँ रहेका छन् ।
नगरसमितिको कार्यकालको सफलताका शुभकामना दिदै नेपाली कांग्रेसका जिल्ला सचिव तथा समाजका सल्लाहकार रामकृष्ण खांणले संस्थागत क्रियाशिलता बढाउन आग्रह गर्दै सहयोग र सहकार्यका लागि आफु सधै तयार रहेको बताउनु भयो । सोहि अवसरमा जिल्ला अध्यक्ष शरद भट्टराई, जिल्ला सल्लाहकार हरि न्यौपाने, कृष्ण पोख्रेल, जयप्रकाश भट्टराई लगायतले बोलेका थिए । सो अवसरमा नगर अध्यक्ष अधिकारीले केहि दिनभित्रै विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिने बताए । यस अघि समाजको तिलोत्तमा नगरसमितिले पुर्णता पाईसकेको छ ।

 
 
  
 

You may also like