औषधि खरिदका लागि ५ अर्ब ६० करोड, स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढ्यो

काठमाडौं। सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिद गर्नज ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए ।

स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढ्यो
सरकारले स्वास्थ्य मन्त्रालयको बजेट ३२ अर्ब बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयको बढाएर एक खर्ब २२ अर्ब ७७ करोड पुर्‍याएका हुन् ।

कोभिड–१९ को रोकथाम, व्यवस्थापन, उपचार र खोपका लागि भन्दै यसपटक बजेट बढाइएको हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

 
 
  
 

You may also like