प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी सँस्कार हुनै सक्दैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । आज (शनिबार) गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै लोकतन्त्रवादी शक्तिहरुबीच राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् ।

‘अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनले जनयुद्ध, जनआन्दोलनलगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरुप्रति साथै कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न अपिल पनि गरेका छन् । स्वदेशमै उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परेको उनको भनाइ छ ।होस्

 
 
  
 

You may also like