हतियारीधारी समूहबाट प्रहरी चौकीमा आक्रमण, असईसहित पाँच प्रहरी घाइते

सुनसरी । हतियारधारी एक समूहले सुनसरिको धरानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित पाँच प्रहरी घाइते भएका छन् ।

बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले प्रहरीलाई नै आक्रमण गरेका हुन् । धरान–१५ बाझगरस्थित वडा कार्यालय नजिक रहेको प्रहरी चौकीमा उनीहरूले आक्रमण गर्दा त्यहाँका पाँच प्रहरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार आफूलाई धम्की आएपछि धरान–३ का प्रसन्न लिम्बू जाहेरी दिन त्यस प्रहरी चौकीमा आएका थिए । उनैलाई खोज्दै आएको हतियारधारी समूह प्रहरी चौकीभित्रै पसेर उनलाई आक्रमण गर्न खोजेपछि प्रहरीले बचाएका थिए । त्यही क्रममा उनीहरूले प्रहरीलाई आक्रमण गर्दा प्रहरी चौकीका इञ्चार्ज असई सुमन दाहालसहित ड्युटीमा रहेका पाँच प्रहरी घाइते भएका हुन् । आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like