दाङमा पत्रकार चढेको कारलाई स्कारपियोले ठक्कर दियो, पूर्व अध्यक्ष गौतम घाइते

दाङ। दाङमा पत्रकार चढेको गाडीलाई स्कारपियोले ठक्कर दिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३-०१०२२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिदा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते हुनु भएको छ ।

गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगाएतको टोली चढेको थियो । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो ।

पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

 
 
  
 

You may also like