महामारी नियन्त्रणमा नेपालले चीनबाट सिक्न आवश्यक : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नु पर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले कोरोना नियन्त्रण गर्न चीनको प्रयत्न उदाहणीय भएको बताएका छन् । उनले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताए । नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद दिए ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताए । चीनले सधैं नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दै महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like