हरि पाठक, पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउपालिकालाई अक्सिजन सिलिन्डर खरिद्का लागि स्थानिय भेटेनरी व्यवसायीले आर्थिक सहयोग गरेका छन्।
देशभर कोरोना संक्रमित र अन्य दिर्गरोगीहरूका लागि Lअक्सिजन अभाव भइरहेको र अक्सिजन प्लान्ट जडान एवम् अक्सिजन ब्यबस्थापनमा आर्थिक अभियान चलिरहेको अबस्थामा रैनादेबीछहरामा पनि अक्सिजन अभाव भएकोले खाली सिलिन्डरमा अक्सिजन भर्नका लागि आर्थिक अभाव भएको र थोरै भए पनि राहत होस् भन्दै गाउँपालिकाले सञ्चालन गरेको कोभिड-१९ अस्थायी अस्पतालमा ४ ठूलो र ९ सानो अक्सिजन सिलिन्डर भर्न आबश्यक रकम रू चार हजार पाँच सय सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले सञ्चालन गरेको कोरोना बिपद् अभियान कोषमा सहयोग जुटिरहेको छ । अक्सिजन सिलिलिण्डर ब्यबस्थापनमा उक्त रकम प्रदान गर्ने उनी रैनादेवीछहरा अमलाबासमा रहेको भण्डारी एग्रोभेट सेन्टरका सञ्चालक हुन् । उनले यसभन्दा अघि पनि सामाजिक क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेका छन् यो विषम परिस्थितिमा पनि थोरै भए पनि सहयोग रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको र यो सानो रकमले अन्य सहयोगी मनहरूलाई पनि प्रोत्साहित र हौसला मिल्ने आशाले तत्काल सानो रकम प्रदान गरेको बताए । पछिल्लो दिन यता देशभर अक्सिजन, सिलिण्डर र प्लान्ट लगायत राहतका नाममा विभिन्न ब्यक्ति तथा संस्थाद्धारा थुप्रै अभियानहरू चलिरहेका छन् सहयोग पनि जुटिरहेका र अभाव पनि टारिरहेका छन् ।