सर्वोच्चद्वारा संसद विघटन विरुद्धको रिटको सुनुवाई विहिबार र शुक्रबार गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ ।तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

संबिधानको धारा ७६९५० बमोजिमको प्रधानमन्त्री नियुक्ति गर्ने आधार नभएको राष्ट्रपति विद्यादेवी भण्डारीले निर्णय गरेपछि जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

सो को विरोधमा विपक्षी दलहरुले दायर भएका रिटमा सर्वोच्चले सुनुवाईको मिति तोकेको हो ।

 
 
  
 

You may also like