चुनावी सरगमले क्यान रनक्कः आज साधारणसभा,भोली भिडन्त

by समतल अनलाइन

काठमाडौँ । आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ ‘क्यान’ चुनावी रौनकले तातेको छ । क्यानको नेतृत्व लिनका लागि खडाभएका दुवै पक्षले आफु नेतृत्वमा पुगेमात्र यस क्षेत्रको विकासले फड्को मार्ने दावी गरेका छन् ।

साढे तीन वर्षदेखि आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ ‘क्यान’को चुनावी साधारणसभा शुक्रबार (आज) हुँदैछ ।
अन्तर्राष्टिय क्रिकेट काउन्सिल आईसीसीको रोहबरमा हुन लागेको साधारणसभा दिउसो पौने २ बजेबाट सुरु हुने बताइएको छ । असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ । त्यसअघि हुन लागेको चुनावले नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा लिइएको छ ।

क्यानको नयाँ नेतृत्वको लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द उठ्ने पक्का भएको छ । आज साधारण सभा र भोलि शनिबार हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्नेछ । १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाता छन् ।

दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ । क्यानको कामकारबाहीको अनुभव सम्हालिसकेका दुवै नयाँ ढंगले अघि बढ्न दाबीसहित उमेदवारी दिएको बताउँछन् ।

सन् २००६ मा क्यानको अध्यक्ष भइसकेका विजयराज पाण्डे फेरि क्यानलाई सही ढंगले अगाडि बढाउने योजनासहित चुनावमा भिड्न लागेको बताउँनुहुन्छ । मैले जति भोट ल्याए पनि लड्ने पक्का हो भन्दै पाण्डेले चतुरबहादुरले जिते पनि आफ्नो उम्मेदवारी क्रिकेटको विकासका लागि बताउनुभएको छ ।

उहाँले क्यानको अध्यक्षमा आफू कुनै स्वार्थका लागि नभई विशुद्ध क्रिकेटको विकास लागि जान लागेको दाबी गनुभएको छ । विगत ४० वर्ष महासचिव, अध्यक्ष भई बसेको ठाउँमा आफ्नो दावी भत्किएको क्रिकेट बनाउनु भएको भन्दै आफ्नो पक्षमा समर्थन गर्न आग्रह पनि गर्नुभएको छ ।

पाण्डे अध्यक्ष हुँदा उपाध्याक्ष रहेका चन्द धरासायी क्रिकेटलाई उचाइमा पुर्याउने योजनासहित उम्मेदवारी पक्का गरेको बताउहुन्छ । २०७२ सालमा निर्वाचित भए पनि छोटो समयमै क्यान निलम्बनमा परेपछि कामकारबाही अपेक्षाकृत गर्न नसक पनि अबको ४–५ वर्षमा धरासायी बनेको नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने दाबी चन्दको छ ।

उहाँले नेपाली क्रिकेटको अवस्था खस्किएको र आफु नेतृत्वमा पुगे क्रिकेटका गतिविधिमा पुनरागमन हुने दावी पनि गर्नुुभएको छ । नेपाली क्रिकेटलाई तल्लो तहबाटै विकास गर्ने दाबी गर्दै चन्दले अहिलेको क्रिकेट लगभग मरेको अवस्थामा रहेको र आफु निर्वाचित भए नयाँ ढंगले अघि बढ्ने बताउनुभएको छ ।

 
 
  
 

You may also like