स्वास्थ्य मन्त्री भन्छन्, ‘एक महिनापछि कोरोना संक्रमण दर घट्दै जान्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले अबको एक महिनापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन् ।

आज (सोमबार) पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण देखिएको बताउँदै चार हप्ता (एक महिना) पछि यो दर घट्ने बताए । निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताएका छन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा एक लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् । एक हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन् ।

मन्त्री त्रिपाठीले हालसम्म ४५ अस्पतालसँग कोरोना उपचारका लागि सम्झौता गरिसकेको जानकारी दिँदै ती अस्पतालमा निशुल्क उपचार भइरहेको बताए ।

 
 
  
 

You may also like