संसद विघटनको विपक्षमा खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर (नामावलीसहित)

काठमाडौं। विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् ।

गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट आज दर्ता गर्ने दायरको तयारी गरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

नेपाल पक्षका नेता गोकर्ण विष्ट बिरामी भएको र अर्का एक नेतालाई पखाला लागेको भन्दै अनुपस्थित भएको नेता झपट रावलले बताएका छन् । उनले भने, ‘गोकर्णजी बिरामी भएकाले आउन सक्नु भएको छैन, अर्को एक जना साथीलाई पखाला लागेको छ रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलले संकेत गरे । रावलले नेताको नाम खुलाउन भने चाहेनन् । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।
रिटमा हस्ताक्षर गर्ने यी हुन् नेपाल–खनाल पक्षका २३ सांसद

१) विरोध खतिवडा
२) जीवनराम श्रेष्ठ
३) घनश्याम भुसाल
४) सोमप्रसाद पाण्डे
५) कृष्णलाल महर्जन
६) झपट रावल
७) निरादेवि जैरू
८) सरलाकुमारी यादव
९) कल्याणी खड्का
१०) लक्ष्मी चौधरी
११) माधव नेपाल
१२) भीम रावल
१३) कलिला खातुन

१४) रामकुमारी झाँक्री
१५) झलनाथ खनाल
१६) पुष्पा कर्ण कायस्थ
१७) भवानीप्रसाद खापुङ
१८) यज्ञ सुनुवार
१९) सुरेन्द्र पाण्डे
२०) मुकुन्द न्यौपाने
२१) मेटमणि चौधरी
२२) दीपकप्रकाश भट्ट
२३) नारायण खतिवडा

 

 
 
  
 

You may also like