बिपन्नलाई खाद्यान्न सहयोग

बुटवल। गुल्मीको रुरुक्षेत्र गाउँपालिका -५ मा बम्घा राहत संकलन तथा वितरण अभियानले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न वितरण गरेको छ ।रुरु क्षेत्र – ५ का युवाहरु पीताम्बर भण्डारी,राजकुमार श्रेठ र त्रिचन्द्र ज्ञवालीको नेतृत्वमा राहत वितरण गरिएको हो ।

कोषले आइतबार पहिलो चरणमा साविकको बम्घा १ र २ का विपन्न परिवारलाई चामल, दाल,नुन १३ जना बिपन्न परिवारलाइ राहत वितरण गरिएको जनाइएको छ ।

विभिन्न पेशा , व्यवसाय गरी बसेका व्यक्तिबाट रकम संकलन गरी बम्घाका विभिन्न गाउँमा विपन्न परिवारलाई राहत वितरण गर्नको लागि उक्त कोष स्थापना गरिएको कोषका अभियन्ता पिताम्बर भण्डारीले जानकारी दिए । अन्य गाउमा राहत वितरण गर्ने कार्य भैरहेको अभियन्ता भण्डारीले जानकारी दिए ।

 
 
  
 

You may also like