२०७८ जेठ १० गते सोमबारको तपाईको राशिफल

१० जेष्ठ २०७८, सोमबार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ०
आज इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधिमार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा०
आज नयाँ अनुभव मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे०
मित्रबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते०
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे०
राजनीतिक कार्यमा सफलता मिल्ने छ । घरायसी मनोरञ्जनमा सहभागी भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा०
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहने छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो०
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा विस्तारै सफलता मिल्ने छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो०
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । प्रेममा मधुरता पनि छाउला ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो०
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । महिला वा मित्रबाट सहयोग मिल्ने छ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु०
सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

मकर भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि०
आज इच्छा र आकांक्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि०
अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

ज्यो.प.नारायणप्रसाद दुलाल

फेसबुकबाट तपाईको प्रतिक्रिया