राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उनले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

केही दिनअघिको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेस केन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

 
 
  
 

You may also like